दुर्गाका एजेन्डा: सडक, पदमार्ग विस्तार, समृद्धिको आधार

पाेखरा | कात्तिक २५, २०७९

दुर्गाका एजेन्डा:  सडक, पदमार्ग विस्तार, समृद्धिको आधार

 

पोखरा: कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गरेका छन् ।  नेकपा माओवादी केन्द्रका नेता भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक चाक्लो र सुविधानसम्पन्न नभई यो क्षेत्रको पर्यटन र जनजीवनमा उल्लेख्य परिवर्तन नआउने जनाएका छन् ।

 
यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा ट्राफिक जाम हुँदा त्यस क्षेत्रबाट आवतजावत गर्ने स्थानिय तथा पर्यटकहरुले सास्ती भोग्ने गरेका छन् । उसो त साँघुरो सडकका कारण विपरित दिशाबाट आएको गाडीलाई बाटो छाड्दा दुर्घटना भएका घटना पनि प्रशस्त छन् ।


स्थानियको समस्यालाई मसिनो गरेर अवलोकन गरेका भण्डारीले सो समस्या समाधानका लागि सडक चक्ल्याउने योजना ल्याएका हुन् । प्रचण्डका सहपाठी भण्डारीको पहुँच माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसम्मै भएकालेपनि सो सडकखण्ड चक्ल्याउने महत्वकांक्षी योजना पूरा गर्न सकिने उनको दाबी छ ।

 
भण्डारीले आफ्नो विकासे एजेन्डामा विन्ध्यवासिनी–पोखरा बेंसी सडकखण्ड कालोपत्र गर्ने अर्को योजनाअघि सारेका छन् । उनले पोखरा महानगरपालिका वडा नम्बर १, २ र ३ का भित्री सडक कालोपत्रे गर्ने, बागलुङ बसपार्कको स्तरोन्नति गर्ने, हरिचोक–याम्दी खाफको बाटो चौडा बनाउने लगायतका एजेन्डा पनि अघि सारेका छन् ।

 
उम्मेदवार भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको अस्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण ७ मा रहेको कान्छी बराह मन्दिरसम्मको मोटर बाटो निर्माण गरेर अन्नपूर्ण–माछापुच्छ्रे लिंक रोड निर्माण गर्ने योजनाअघि सारेका छन् । साथै, उनले माछापुच्छ्रेको धम्पुस फेदी हुँदै डाँडाबाट अन्नपूर्ण ३ को मराउचेसम्म नयाँ बाटो खोल्ने अर्को महत्वपूर्ण योजनाअघि सारेका छन् ।

 
उम्मेदवार भण्डारीले मर्दिहिमाल ट्रेकिङ रुट (पदमार्ग) लाई व्यवस्थित गर्ने, वन, वातावरण कृषि र पशुपालन विकासमा जोड दिने, सामुदायिक वन विकाससम्बन्धी कार्यक्रम चलाउने एजेन्डा बोकेर चुनावी घरदैलो र कोणसभा गरिरहेका छन् ।

 
उनले अन्नपूर्ण संरक्षण क्षेत्रका कार्यक्रमलाई व्यवस्थित गर्ने अर्को महत्वपूर्ण योजना ल्याएका छन् । सो कार्यक्रम पछिल्लो क्रममा जनजीवनसँग नजोडिएको भन्दै आलोचना भईरहेका बेला उनले जनजीवनलाई जोड्ने गरी कार्यक्रम ल्याउनका लागि पहल गर्ने बताएका हुन् । उनले भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्दै संरक्षण र विकासलाई सन्तुलित ढंगले मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्